होम » किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल–३ उपाधि

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल–३ उपाधि

by नागरिक टुडे

‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि विजेता बनेका छन् किरण गजमेर । टिम प्रमोदबाट फाइनल राउन्डमा प्रवेश गरेका उनले दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उपाधि चुमेका हुन् । यस उपाधिसहित गजमेरले गोल्डेन ट्रफी र नगद रु २५ लाख समेत जितेका छन् । चर्चित रियालिटी शो जितेपछि उनले आफूलाई मन पराएर भोट गर्ने देश–विदेशमा रहेका सबै नेपालीहरुलाई धन्यवाद दिएका छन् ।

शनिबार राति सम्पन्न भएको यस संस्करणको फाइनलमा टीम दीपबाट आर्यन तामाङ, टीम तृष्णाबाट ज्वाला राई र टीम राजुबाट तारा श्रीस मगर फाइनलिस्ट बनेका छन् । उनीहरुले भने उपाधि चुम्ने सपना पूरा गर्न सकेनन् ।उपाधि विजेता गजमेर भ्वाइस अफ नेपालकै लागि अमेरिकाबाट नेपाल फर्केका थिए । उनी भुटानी शरणार्थी हुन् र अमेरिका पुनर्वासनमा गएका थिए । फाइनल उपाधिका लागि एक सातासम्म एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले भोटिङ गरेका थिए । यसको अघिल्लो संस्करणमा पनि टिम प्रमोदकै प्रतिस्पर्धीले उपाधि चुमेका थिए ।

यिनिहरू पढ्न छुटे की ?