होम » शृंखलाको ‘भूँडे नेताज्यू’ गीत सार्बजनिक

शृंखलाको ‘भूँडे नेताज्यू’ गीत सार्बजनिक

by नागरिक टुडे

गायिका शृंखला जोशीको आवाजमा ‘भूँडे नेताज्यू’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।नेपालको राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र बढ्दो सामाजिक अपराधिकरणप्रति तिखो ब्यंग्य प्रहार गर्दै बनेको उक्त गीत लाइ एन्जल शर्मा ले लेखेकी हुन्। गीतमा बिनय दवाडीको संगीत रहेको छ भने संगीत संयोजन जेम्स प्रधानको रहेको छ।

गीतको भिडियोलाई जितेन न्यौपानेले खिचेका हुन् भने सम्पादन बिजेन श्रेष्ठ को रहेको छ। नेपाली समाजमा भएका विकृति र विसंगतिलाई गीतमार्फत प्रस्तुत गरिएको गायिका शृंखला जोशी बताउछिन। रियालिटी सो भ्वाईस अफ नेपालदेखि विभिन्न राष्ट्रिय स्तरका कार्यक्रमहरुमा आफ्नो प्रस्तुति देखाई सकेकी शृंखलाले यो गीत ले समाज मा केहि सकारात्मक प्रभाव पार्छ भन्ने आशा पनि लिएकी छिन। गीत लाइ शृंखलाले युट्युव मार्फत सार्वजनिक गरेकी हुन् ।

यिनिहरू पढ्न छुटे की ?