होम » नागढुंगाबाट चार किलो गाँजासहित एक युवा पक्राउ

नागढुंगाबाट चार किलो गाँजासहित एक युवा पक्राउ

by नागरिक टुडे

चन्द्रागिरि नगरपालिकाबाट प्रहरीले चार किलो गाँजासहित एक युवालाई पक्राउ गरेको छ।

शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङ गजुर गाउँपालिका-४ का २० वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो।बा४ख ४४४७ नम्बरको यात्रुबाहक बसमा सवार लामाले सिटमुनि राखेको जेब्रा झोलाबाट गाँजा बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरीले नागढुंगा चेक प्वाइन्टमा बसलाई रोकेर तलासी लिएको थियो।

यिनिहरू पढ्न छुटे की ?