होम » दोहोरो अंकले घट्यो नेप्से, १४ अर्ब ३१ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, १४ अर्ब ३१ करोडको कारोबार

by नागरिक टुडे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम दिन आज बिहिबार  दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.६४ अंकले घटेर तीन हजार एक सय १० दशमलब ८१ विन्दुमा थामिएको छ ।  त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि गिरावट आएको छ । आज १४ अर्ब ३१ करोड ६२ लाख  बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल फाइनान्स लिमिटेड, कणाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये तीन कम्पनीको शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य एक कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

त्यस्तै, आज छ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको भएको छ । यस कम्पनीको आज ७९ करोड भन्दा बढीको कारोबार भएको छ ।

यिनिहरू पढ्न छुटे की ?