होम » राष्ट्रिय बीमा कम्पनीमा ६४ जना कर्मचारी माग, आवेदन दिने मिति कहिलेसम्म ?

राष्ट्रिय बीमा कम्पनीमा ६४ जना कर्मचारी माग, आवेदन दिने मिति कहिलेसम्म ?

by नागरिक टुडे

राष्ट्रिय बीमा कम्पनीले कम्पनीले प्रधान कार्यालय तथा कम्पनीको शाखा तथा उप शाखाहरुका लागि रोजगारीको अवसर खुलाएको छ  कम्पनीले १ वर्ष करार अवधिका लागि रोजगारीको अवसर खुलाएको हो । कम्पनीले बाह्य स्रोतबाट सुरक्षकर्मी तथा सवारी चालक, माली, इलेक्ट्रिोसियन÷पलम्बर, सफाई कर्मचारी र कार्यालय सहयोगी आपूर्तिका लागि रोजगारीको अवसर खुलाएको हो ।

कम्पनीले कार्यालय सहयोगी ३५ जना, सफाइ कर्मचारी २ जना, माली १ जना, सुरक्षकर्मी २० जना, सवारीचालक ५ जना र इलेक्ट्रिोसियन÷पलम्बर १ जनागरी जम्मा ६४ जना कर्मचारीको गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको जनाएको छ । उक्त पदका लागि इच्छुक, सक्षम तथा योग्यता पुगेका दक्ष नेपालीले ३ हजार रुपैयाँ दस्तुर तिरी बोलपत्र फारम भर्न सक्नेछन् । बोलपत्र फारम भदौ १८ गते दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिन्छ ।

यिनिहरू पढ्न छुटे की ?