होम » मनकामना स्मार्ट लघुवित्तको प्रि – ओपन सेसनमा रू.२९६.७ मा कारोबार शुरु

मनकामना स्मार्ट लघुवित्तको प्रि – ओपन सेसनमा रू.२९६.७ मा कारोबार शुरु

by नागरिक टुडे

प्रि – ओपन सेसनमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ ।  कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. २९६ दशमलव ७ मा खुला भएको हो ।  पहिलो कारोबारको लागि नेप्सेले रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्य रेञ्ज तोकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको गर्दछ  ।  कम्पनीको आईपीओ साउन १७ गते नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सूचिकरण पश्चात दिन सम्पूर्ण आरटिएस सम्बन्धी सेवा एनएमबि क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट हुने पनि नेप्से मार्फत बताएको छ । साताको दोस्रो कारोबार दिन सोमवार र मंगलवार म्याचिङ नभएर कम्पनीको कारोबार भएको थिएन ।

यिनिहरू पढ्न छुटे की ?