होम » देउवालाई सहयोग गर्न गठित कार्यदलको बैठक जारी, साझा कार्यक्रमको प्रस्ताव तयार गर्ने

देउवालाई सहयोग गर्न गठित कार्यदलको बैठक जारी, साझा कार्यक्रमको प्रस्ताव तयार गर्ने

by नागरिक टुडे

प्रधामन्त्री शेरबहादुर देउवालाई सहयोग गर्न गठित पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ। सरकारको न्यूनतम साझा कार्याक्रमको प्रस्ताव तयार पार्ने उद्देश्यसहित बैठक जारी रहेको नेकपा माओवादी केन्द्रका तर्फबाट कार्यदलको सदस्य रहेका देव गुरुङले जानकारी दिए।

कार्यदलले तयार पारेको साझा कार्यक्रम प्रस्तावलाई सम्भवतः बुधबार नै सत्ता गठबन्धनका शीर्ष नेताहरुले अन्तिम रुप दिने छन्। गठबन्धनले सरकारका ११ बुँदे प्राथमिकता तयार पारेको छ। साथै उसले देउवा सरकारमा हुने मन्त्रीहरुको १४ बुँदे आचारसंहिता पनि तयार पारेको छ।

नेता गुरुङका अनुसार कार्यदलले तयार पार्दै गरेको न्यूनतम साझा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, राष्ट्रिय र सुरक्षा, संघीयता र गणतन्त्रको कार्यान्वयन, शान्ति सुरक्षा, सुशासन, शान्तिप्रक्रियालाई पूर्णता, आर्थिक नीति तथा कार्यक्रमलगायतमा जोड दिएको छ।

यिनिहरू पढ्न छुटे की ?