होम » कांग्रेस शीर्ष नेताको बैठक बुढानीलकण्ठमा बस्दै

कांग्रेस शीर्ष नेताको बैठक बुढानीलकण्ठमा बस्दै

by नागरिक टुडे

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो बस्दैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यिनिहरू पढ्न छुटे की ?