होम » कप्तान र खेलाडीको रुपमा आफूले गर्नसक्ने योगदान राष्ट्रिय टिमबाट पूरा गरेँ : पारस खड्का

कप्तान र खेलाडीको रुपमा आफूले गर्नसक्ने योगदान राष्ट्रिय टिमबाट पूरा गरेँ : पारस खड्का

by नागरिक टुडे

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफू व्यवस्थापकको भूमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताएका छन् । बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पारसले आफू क्रिकेटमा नटाढिने बताउँदै भूमिका मात्र बदलिने बताए । मंगलबार पारसले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए ।

पूर्व कप्तान पारसले दुई वर्ष अघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्न मात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरे । त्यस्तै पारसले कप्तान र खेलाडीको रुपमा आफूले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पूरा गरेको जिकिर गरे । पारसले आफूले क्रिकेटरको रुपमा हासिल गरेका ठूलो सफलता दर्शकको माया र इज्जत नै भएकाले नेपाली क्रिकेटलाई माथि पु¥याउनु आफ्नो कर्तव्य भएकोे बताए । क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने उनले बताए ।

झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए । नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका पारसको कप्तानीमा नै नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेको थियो ।

यिनिहरू पढ्न छुटे की ?