होम » आज देशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना

आज देशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना

by नागरिक टुडे

आज पनि देशभरको मौसम प्रतिकुल रहने भएको छ । मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?