होम » मैलुङ खोला हाइड्रोपावरको आइपीओ भर्ने समय थपियो, कहिलेसम्म दिन सकिने आवेदन ?

मैलुङ खोला हाइड्रोपावरको आइपीओ भर्ने समय थपियो, कहिलेसम्म दिन सकिने आवेदन ?

by नागरिक टुडे

मेरो शेयरमा समस्या आएपछि मैलुङ खोला हाइड्रोपावरको आइपीओ भर्ने समय थपिएको छ। जिआइडिसिमा आएको समस्याको कारण सोमबार साढे ३ बजेदेखि मेरो शेयरमा समस्या देखिएको थियो। सिस्टमको समस्या समाधान भएपछि मंगलबार आइपीओ भर्नाको लागि डेढ घण्टा समय थप गरिएको हो।

अहिले सबै समस्या सामाधान भइसकेको सिडिएसिले जनाएको छ। सिडिएसिले मंगलबार दिउसो १२ बजेदेखि डेढ घण्टा आइपीओ भर्न पाउने व्यवस्था गरेको हो। लगानीकर्ताले कम्पनीको आइपीओमा मंगलबार दिउँसो साढे १ बजेसम्म आवेदन दिन पाउने सिडिएसिले जनाएको छ।

यिनिहरू पढ्न छुटे की ?