होम » ओली सरकारको जनविरोधी निर्णय यो सरकारले खारेज गर्नुपर्छ : रामकुमारी झाक्री

ओली सरकारको जनविरोधी निर्णय यो सरकारले खारेज गर्नुपर्छ : रामकुमारी झाक्री

by नागरिक टुडे

नेकपा एमालेकी सांसद रामकुमारी झाक्रीले वर्तमान सरकारले अघिल्ला सरकारको गलत निर्णयलाई सच्याउनु पर्ने बताएकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले वर्तमान सरकारको काम संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रको बाटोमा हिड्ने मात्र नभएर अघिल्लो सरकारको गलत निर्णयलाई सच्याएर अघि बढ्नु पनि रहेको बताएकी हुन् । उनले भनिन्, पूर्ववर्ती सरकारले गरेको जनविरोधी निर्णय र कामहरुलाई खारेज गर्ने जिम्मेवारी यो सरकारले बोक्नुपर्छ ।

यिनिहरू पढ्न छुटे की ?