होम » आज नेप्से ३ हजार १ सय ११ अङ्कको कीर्तिमानी विन्दुमा

आज नेप्से ३ हजार १ सय ११ अङ्कको कीर्तिमानी विन्दुमा

by नागरिक टुडे

आज साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । आज नेप्से ६ दशमलव शून्य दुई अङ्कले बढेर ३१ सय ११ दशमलव शून्य नौ विन्दुमा पुगेको हो । आज नेप्सेले ३१ सय विन्दु पार गरेको छ । यो नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक भएको छ।

आज दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज पाँचथर पावर कम्पनी, घलेम्दी हाइड्रो रुरु जलविद्युत्, जीवन विकास लघुवित्त र युुनियन लाइफको शेयर १० प्रतिशतले बढेर छ । तर समग्र बजार बढे पनि युनिलिभर नेपाल कम्पनीको शेयर झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।

यिनिहरू पढ्न छुटे की ?