होम » १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य, १२ करोड चार लाख ९६ हजार सङ्कलन

१० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य, १२ करोड चार लाख ९६ हजार सङ्कलन

by नागरिक टुडे

खैरहनीमा लक्ष्यभन्दा बढी  राजस्व सङ्कलन पूर्वी चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।  गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए ।

गतवर्ष रु १२ करोड चार लाख ९६ हजार राजस्व सङ्कलन भएको हो । यो राजस्व असुली अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा एक प्रतिशत बढी हो । यस नगरपालिकाले सबैभन्दा धेरै घरजग्गा रजिष्टे«शनबाट राजस्व सङ्कलन गरेको छ । सो शीर्षकबाट रु तीन करोड ९७ लाख २९ हजार सङ्कलन भएको हो । त्यस्तै अन्य संस्थागत आन्तरिक अनुदानबाट रु दुई करोड ९१ लाख २६ हजार, घर बहाल करबाट रु दुई करोड ३२ लाख, एकीकृत सम्पत्ती करबाट रु एक करोड ८० लाख ७१ हजार सङ्कलन गरेको नगर प्रमुख चौधरीले बताए ।

यसैगरी अन्य दस्तुरबाट रु एक करोड १३ लाख ५७ हजार, सिफारिस दस्तुरबाट रु ७६ लाख ५० हजार, नक्शापास दस्तुरबाट रु ३३ लाख ६२ हजार, भूमिकर÷मालपोतबाट रु १२ लाख ८२ हजार, पर्यटन शुल्कबाट रु एक लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ ।

यिनिहरू पढ्न छुटे की ?