होम » कोभिसिल्ड खोप लगाएका साढे १३ लाख नागरिकलाई एस्ट्राजेनेका खोप लगाइने

कोभिसिल्ड खोप लगाएका साढे १३ लाख नागरिकलाई एस्ट्राजेनेका खोप लगाइने

by नागरिक टुडे

भारतीय कोरोना खोप कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाख ४८ हजार नागरिक दोस्रो डोजको प्रतिक्षामा छन् । गत चैत र वैशाखमा पहिलो डोज लगाएका व्यक्तिले खोप अभावका कारण दोस्रो डोज लगाउन नपाएका हुन् ।  अब उनीहरूलाई एस्ट्राजेनेकाको खोप दिइने भएको छ । त्यसका लागि जापान सरकारले १६ लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ । जापान सरकारबाट खोप प्राप्त भएको तीन दिनभित्रमा नागरिकलाई वितरण गरिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

वर्तमान सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज दिने प्राथमिकतामा राखेको उनको भनाइ छ । सरकारले असोज मसान्तभित्रमा एकतिहाइ नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको उनको भनाइ छ ।  चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको प्रतिवद्धता रहेको भन्दै सोही आधारमा सरकारले खोप खरिद प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । खोप खरिदका लागि सरकारले मित्र राष्ट्र तथा दातृ निकायहरू सँगको खोप कुटनीतिलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

यिनिहरू पढ्न छुटे की ?