होम » काठमाडौँमा साढे ११ लाखले लगाए कोभिड विरुद्धको खोप

काठमाडौँमा साढे ११ लाखले लगाए कोभिड विरुद्धको खोप

by नागरिक टुडे

कोभिड विरुद्धको खोप काठमाडौँमा ११ लाख ५७ हजार ५५७ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कोभिसिल्डको पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या दुई लाख ५१ हजार १६० छ । पहिलो मात्रा एक लाख ६० हजार ६५९ र दोस्रो मात्रा ९० हजार ५०१ जनाले लगाएका छन् ।

भेरोसेल खोप कुल सात लाख ६७ हजार ९३९ जनाले लगाएका छन् । पहिलो मात्रा पाँच लाख २१ लाख ९६४ र दोस्रो मात्रा दुई लाख ४५ हजार ९७५ जनाले लगाइसकेका छन् । त्यसैगरी अमेरिकी जोनसन एण्ड जोनसन खोप एक लाख ३८ हजार ४५८ जनाले लगाएका छन् ।

नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको तीनवटा कम्पनी लगाइएको छ । सरकारले कोभिसिल्ड, भेरोसेल र अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको जान्सिन खोप हाल नेपालमा लगाइरहेको छ ।

यिनिहरू पढ्न छुटे की ?