होम » खोप लगाउन अनलाइन दर्ता अनिवार्य

खोप लगाउन अनलाइन दर्ता अनिवार्य

by नागरिक टुडे

कोभिड–१९ कृषिकर्ममा जम्दै पूर्वसांसदविरुद्धको खोप कार्यक्रमलाई बेनी नगरपालिकाले पूर्ण विद्युतीय बनाउने भएको छ । अव खोप लगाउन चाहने १८ वर्ष उमेरमाथिका नागरिकले अनिवार्य अनलाइन दर्ता गरेको हुनुपर्नेछ । विश्व स्वास्थ्य संगठन/यूएनडीपीको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशमा नमुनाका रूपमा बेनीमा खोप कार्यक्रमलाई पूर्ण विद्युतीय बनाउन लागेको हो ।

खोपको रेकर्डिङ र रिपोर्टिङ सिस्टमलाई व्यवस्थित गर्न डिजिटलाइजेसन थालेका हौं’ स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य तथा सूचना व्यवस्थापनका सदस्य सचिव दिवाकर सापकोटाले भने, ‘अहिले नमुनाका रूपमा महानगर, उपमहानगर, नगर र गाउँपालिका गरी सात प्रदेश समेटेर सात स्थानीय तहमा विद्युतीय बनाउन लागेका हौं । सबै स्थानीय तहमा लागू हुनेछ ।’

पूर्ण विद्युतीय गराउन हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी अनलाइन फारम भर्न लगाउने र नसक्नेको आफैंले अनलाइन फाराम भर्दिने व्यवस्था मिलाइएको छ । यसअघि खोप लगाइसकेकाको अभिलेख पनि खोपको विद्युतीय अभिलेखमा प्रविष्ट गराइने भएको छ । प्रिअनलाइन फाराम भरेपछि लाभग्राहीले एउटा कोड नम्बर पाउने छन् । सरकारले उमेर समूह अनुसार गराउने अभियानमा खोप लगाउन आउँदा सोही कोड नम्बर लिएर आउनुपर्छ । विश्वभरका देशले पर्यटक, कामदार– लाई अनिवार्य खोप लगाएको प्रमाण माग्न थालेपछि खोपको अनलाइन रेकर्डले अध्यागमनमा पनि सहज हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘खोप अभियानमा लक्षित समूहले भन्दा अन्यले खोप लगाउने गरेको गुनासा आएका छन् । खोपको दुरुपयोग भएकोले पनि खोपको रेकर्ड र रिपोर्टिङलाई पूर्ण विद्युतीय बनाउन बनाउन आवश्यक छ’ विश्व स्वास्थ्य संगठनका डा.रामु शर्माले भने, ‘पूर्ण विद्युतीयपछि विदेश जाँदा अध्यागमन र विश्वभर जहाँ गए पनि आफ्नो युनिक कोड नम्बर देखाए पनि सहज हुनेछ ।’

यिनिहरू पढ्न छुटे की ?