होम » शनिबार स्थगित भएकाे एमाले स्थायी समिति बैठक आज बस्दै

शनिबार स्थगित भएकाे एमाले स्थायी समिति बैठक आज बस्दै

by नागरिक टुडे

एमाले स्थायी कमिटी बैठक केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल गर्न आइतबार बस्दैछ । बैठक दिउँसो तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएको थियो । नेम्वाङले पार्टी एकता प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

‘बैठकको शुरुआतमा अध्यक्ष ओलीले पार्टी एकताका सन्दर्भमा अहिलेसम्म भएको प्रयासबारे विघटित कार्यदलका सदस्यसँग जानकारी माग्नुभयो,’ नेम्वाङँले भने, ‘पार्टी एकताका सन्दर्भमा भएका छलफलबारे मैले अध्यक्ष ओलीलाई जानकारी गराए । त्यसपछि अध्यक्ष ओलीले पार्टी एकताको प्रयासलाई अगाडि बढाउन बैठक स्थगित गर्नुभयो ।’

यिनिहरू पढ्न छुटे की ?