होम » घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

by नागरिक टुडे

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँ कायम भएको हो । शुक्रबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार २ सय ८५ रहेको थियो । भने आज सोहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?