होम » बुद्ध एयरले सुरु गर्‍यो नेपालगञ्ज–पोखरा उडान

बुद्ध एयरले सुरु गर्‍यो नेपालगञ्ज–पोखरा उडान

by नागरिक टुडे

द्ध एयरले नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान सुरु गरेको छ।आइतबार बिहान १० बजे नेपालगञ्जदेखि पोखराका लागि बुद्ध एयरको १८ सिटे जहाजको उडान भएको हो। बुद्ध एयरले हप्ताको तीन दिन नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान गर्ने भएको छ। बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहका अनुसार, आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुनेछ।

आइतबार नेपालगञ्जदेखि १७ जना यात्रु पोखरा गएका छन्। पोखरा जान थालेका यात्रुलाई नेपालगञ्जमा पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठलगायतले स्वागत तथा विदाई गरेका थिए। यसअघि नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा) बाँके र नाटा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमानबाट फाल्गुन ७ गतेदेखि शुक्रबार र आइतबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज चार्टर उडान भएको थियो।

यिनिहरू पढ्न छुटे की ?