होम » सिन्धुपाल्चोकको हेलम्बुका २० परिवार बाढीको जोखिममा, हेलिकोप्टरबाट उद्दारको अपील

सिन्धुपाल्चोकको हेलम्बुका २० परिवार बाढीको जोखिममा, हेलिकोप्टरबाट उद्दारको अपील

by नागरिक टुडे

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ च्युरीखर्कमा २० परिवारका ९५ जना बाढीको जोखिममा परेका छन् । शनिवाररातिदेखि मेलम्ची नदीमा आएको बाढीका कारण आफूहरु जोखिममा परेको भन्दै उनीहरुले उद्धारका लागि अपील गरेका छन्।

असार १ गते आएको बाढीका घर पुरिएका २० परिवारलाई अस्थायी रुपमा पाखामा सारिएको थियो। तर नदीमा पानीको बहाव बढ्दै गएको र पहिरोको जोखिमले उनीहरुले उद्धारका लागि आग्रह गरेका हुन। नदीमा फेरि बाढी आएपछि आफूहरु रातभर जाग्राम बसेको स्थानीय मिना थापाले बताए। हेलिकोप्टरबाट उद्धार गरिदिन आग्रह गरेको छ।

यिनिहरू पढ्न छुटे की ?