होम » धेरै बर्ष पछि नया गीत “सम्झना” लिएर आयो “अ ब्लेज़ सोल”

धेरै बर्ष पछि नया गीत “सम्झना” लिएर आयो “अ ब्लेज़ सोल”

by नागरिक टुडे

नेपालि पप गीत छ्यत्रमा ‘अ ब्लेज़ सोल‘ एउटा चर्चित नाम हो। करिब २ दशक अगाडि देखि नै यो ब्याण्ड ले धेरै नै राम्रा राम्रा गीतहरु ल्याएको थियो।
कुनै समय मा यो ब्याण्ड को गीत हरुले दर्शक स्रोता को मन जित्न निकै सफल भएको थियो। दर्शक श्रोता हरुले रुचाएको यो ब्याण्ड भने केहि समय कतै गुमनाम जस्तै भयो।

तर सोहि ब्याण्ड का गायक अजय पाल सिंह एउटा नया गीत लिएर आएका छन्। गायक अजय पाल सिंह ले यो गीत लाइ सन् २००७ मा संगीत भर्न सुरु गरेका थिए र यसको संगीत् भर्ने काम भने २०१५ मा मात्र सकिएको थियो। ‘अ ब्लेज़ सोल’ को यो गीत “सम्झना” लाइ अजय पाल सिंह ले नै लेखेका हुन भने संगीत र गायकी पनि उनकै रहेको छ।

यो गीत लाइ समर थापा ले निर्देशन र सम्पादन गरेका छन भने निकेश बटाजु ले छायांकन गर्ने काम गरेका छन। गीत मा मोडल हरु समर थापा,सुमन देवकोटा र डेअन्ना लौच्लन लाइ देख्न सकिन्छ। यो गीतलाइ ‘समर स्वाग’को युटिउब च्यानल बाट रिलिज गरीएको छ।

यिनिहरू पढ्न छुटे की ?