होम » सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एकैदिन ११ सय रुपैयाँले बढ्याे

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा एकैदिन ११ सय रुपैयाँले बढ्याे

by नागरिक टुडे

आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।  आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो  । महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य पनि तोलामा ११ सय रुपैयाँले नै बढेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ हजार ८५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

यिनिहरू पढ्न छुटे की ?