होम » कांग्रेस १४औं महाधिवेशन: १ सय २१ वडाका नयाँ क्रियाशील सदस्यहरूले मतदान गर्न नपाउने

कांग्रेस १४औं महाधिवेशन: १ सय २१ वडाका नयाँ क्रियाशील सदस्यहरूले मतदान गर्न नपाउने

by नागरिक टुडे

पाली कांग्रेसको १४औं महाधिवेशनमा देशभरका १२१ वडाका नयाँ क्रियाशील सदस्य मतदानबाट वञ्चित हुने भएका छन् । देशभरका ६ हजार ७ सय ५३ वडामध्ये १२१ वडाको नयाँ सदस्यतामा विवाद देखिएर क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेपछि ती वडाबाट नयाँ सदस्यता लिएकाहरूले मतदान प्रक्रियामा भाग लिन नपाउने भएका हुन् ।

छानबिन समितिले छानबिन गरेर बुझाएको प्रतिवेदन अनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको थियो । ती वडाबाट आएका पुराना सदस्यतालाई मात्र सदर गरी छानबिन समितिले नयाँ सदस्यतालाई १४औं महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर कायम गर्ने गरी स्थगित गरेको हो ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले ती सदस्यताको हकमा १४औं महाधिवेशनपछि निर्णय हुने जानकारी दिए । ‘विवादका कारण देशभरका एक सय भन्दा बढी वडाका नयाँ सदस्यता स्थगित गरिएको छ, १४औं महाधिवेशनपछि ती सदस्यताको विषयमा निर्णय हुन्छ,’ समितिका सदस्य तथा प्रवक्ता पौडेलले भने ।  प्रतिवेदन अनुसार सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत भोक्राहा गाउपालिकाका ८ वटा वडाको सदस्यता स्थगित गरिएको छ । यस्तै कोशी गाउँपालिका १, बराह क्षेत्र नगरपालिका ११ को पनि सदस्यता स्थगित गरिएको छ ।

यसैगरी महोत्तरी जिल्लाको मनहरा सिसुवा नगरपालिका ८ र १०, सर्लाहीको बहरथहवा नगरपालिका ११, रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका  ६, माधवनारायण नगरपालिका १,२ र ३, दुर्गा भगवती गाउँपालिका ४, यमुनामाइ गाउँपालिका २ र ५, राजदेशी गाउँपालिका को सदस्यता पनि स्थगित भएको छ ।

यसैगरी पर्सा जिल्लाको क्षेत्र नम्बर ३ का सबै वडाको सदस्यता स्थगित गरिएको छ भने विरगंज महानगरपालिकाका २२, २७, २९ र ३१ वडा, बहुदरमाइ  नगरपालिका वडा नम्बर २ र ६, पसौगढी नगरपालिका ५, ६ र ७ को सदस्यता स्थगित गरिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । यस्तै काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका २८, महाकाल गाउँपालिका १, महालक्ष्मी नगरपालिका ६, काठमाडौंको टोखा नगरपालिका ८, १० र ११, नागार्जुनको २, ३ र ६, तारकेश्वरको ३ र ६, किर्तिपुर नगरपालिकाको २, दक्षिणकाली २, गोकर्णेश्वर १, २, ३, ४ वडाको पनि सदस्यता विवाद भएपछि स्थगित गरिएको छ ।

यसैगरी धादिङको रुबीभ्याली गाउँपालिकाको ६ वटै वडा, चितवनको रत्ननगर नगरपालिका ७, गुल्मीको मुसीकोट नगरपालिका ५, कपिलवस्तुको मायाँदेवी गाउँपालिका ३, कैलालीको क्षेत्र नम्बर २ को जानकी गाउँपालिकाको वडा नम्बर २, ५, ८ र ९ बाहेक २२ वटै वडाको सदस्यता स्थगित गरिएको छ ।

यस्तै डोल्पा जिल्लाको नयाँतर्फका सबै सदस्यता स्थगित गरिएको छ भने अछाम जिल्लाको कमलबजार नगरपालिका ७ पंचदेवल विनायक नगरपालिका १, २, ४ डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका ३ र अमरगढी नगरपालिका ५ को सदस्यता पनि विवाद भएपछि स्थगित गरिएको प्रतिवेदनमा उल्लेख छ ।  यसैगरी १३औं महाधिवेशनको छानबिन समितिबाट  सोलुखुम्बु जिल्लाको ५१५ जनाको र बारा जिल्लाको १६६ वटा फाराम पनि यस पटकसमेत सहमति कायम हुन नसकेपछि पार्टी नेतृत्व समक्ष पठाइएको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पुरै जिल्ला भरका क्रियाशील सदस्यतालाई प्रतिवेदनमा राखिएको छैन । यो विषयलाई समाधान गर्न शीर्ष नेतृत्वमा जिम्मा लगाइसकिएको छ ।  यस्तै पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलान्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यी जिल्लाका सदस्यताको विषयमा पनि शीर्ष नेतृत्वबाट नै अब समाधानको प्रयास हुने छ ।

यिनिहरू पढ्न छुटे की ?