होम » नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १० अर्बमा झर्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १० अर्बमा झर्यो

by नागरिक टुडे

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३ विन्दुमा झरेको हो ।
जबकी गत बुधबार नेप्से १५.३० अंकले बढेर हालसम्मकै उच्च ३ हजार ९४.९४ विन्दुमा पुगेको थियो । तर बिहीबार नेप्सेमा पुनः गिरावट आएको छ ।

नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घटेर ५७०.८५ विन्दुमा झरेको छ । यस दिन होटल तथा पर्यटन र विकास बैंक बाहेका सबै जसो समूहहरु ऋणात्मक हुँदा कारोबार रकम १० अर्बमा झरेको छ ।  प्सेका अनुसार आज कुल २१७ कम्पनीका २ करोड ६० लाख कित्ता माथिको सेयर एक लाख पटक भन्दा बढि बजारमा किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख बराबरको कारोबार भएको छ । गत बुधबार यस्तो कारोबार १३ अर्ब २९ कारोड १९ लाख बराबरको भएको थियो ।

यिनिहरू पढ्न छुटे की ?