होम » कोभिड नेपाल: सङ्क्रमण बढ्दो, प्रतिबन्धात्मक व्यवस्थाबारे काठमाण्डू उपत्यकाको के छ तयारी

कोभिड नेपाल: सङ्क्रमण बढ्दो, प्रतिबन्धात्मक व्यवस्थाबारे काठमाण्डू उपत्यकाको के छ तयारी

by नागरिक टुडे

नेपालमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा केही तीव्रता देखिएसँगै थप सतर्कता अपनाइनुपर्ने विज्ञहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलवारको तथ्याङ्क अनुसार गत तीन दिनमा नेपालमा दैनिक औसत ३७ सय सङ्क्रमित थपिएका छन्।उक्त सङ्ख्या अघिल्लो तीन दिनको दैनिक औसत २६ सयभन्दा निकै बढी हो। शनिवार, आइतवार र सोमवार गरी ७,९२४ सङ्क्रमित थपिएकामा मङ्गलवार, बुधवार र बिहीवार गरी ११,२६० जना थपिए। छिमेकी भारतमा तेस्रो लहर अवश्यम्भावी रहेको विवरण आइरहेको बेला नेपालमा पनि “निकै धेरै सम्भावना रहेको” सरकारी अधिकारीहरूले नै बताउने गरेका छन्।

अन्य स्थानका तुलनामा बढी जनघनत्व भएकाले काठमाण्डू उपत्यकामा आवश्यक सावधानी नअपनाइए ”यो गति झन् तीव्र हुन सक्ने” कतिपयको भनाइ छ। तर धेरै जनसङ्ख्या रहेका कारण उच्च जोखिममा रहेको भनिएको काठमाण्डू उपत्यकामा महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न किसिमका व्यवस्थाहरू लागु गर्दै आएका जिल्ला प्रशासन कार्यालयहरू भने हाल ‘पर्ख र हेरको अवस्थामा’ रहेको देखिन्छ।

यिनिहरू पढ्न छुटे की ?