होम » काठमाडौं महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै
Close up of a Doctor making a vaccination in the shoulder of patient, Flu Vaccination Injection on Arm, coronavirus, covid-19 vaccine disease preparing for human clinical trials vaccination shot.

काठमाडौं महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै

by नागरिक टुडे

काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ । यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ ।

 

यिनिहरू पढ्न छुटे की ?