होम » इन्डियन आइडल १२ बाट किन टाढा भइन् नेहा ?

इन्डियन आइडल १२ बाट किन टाढा भइन् नेहा ?

by नागरिक टुडे

कोरोनाको दोस्रो चरणले भारतको महाराष्ट्रमा ‘लकडाउन’ भएपछि इन्डियन आइडल १२ को टिम छायांकनका लागि दमन गएको थियो । यद्यपि, शोकी निर्णायकमध्येकी एक नेहा कक्कड भने दमन गइनन् । नेहा लामो समयदेखि इन्डियन आइडलको निर्णायकको रुपमा शोसँग जोडिएकी छन् । तर, पछिल्लो समय भने उनी सिजन १२ बाट टाढा भएकी छन् । अहिले दमनबाट फर्किएर सबै टिम मुम्बईमा नै बसेर छायांकन सुरु गरिसकेका छन् ।

तर, नेहा मुम्बईको छायांकनमा पनि देखिइनन् । नेहाको ठाउँमा उनकी ठूली दिदी सोनु कक्कड निर्णायकमा छिन् भने फिनालेसम्म पनि सोनु नै हुने बताइएको छ । नेहाले किन एक्कासि ‘ब्रेक’ लिने निर्णय लिइन् ? भन्ने प्रश्न उठ्न थालेको छ । नवभारत टाइम्सका अनुसार नेहा केही समय ब्रेक लिएर श्रीमान् रोहनप्रीत सिंहसँग ‘क्वालिटी’ समय बिताउन चाहन्छिन् ।

यद्यपि, नेहाको तर्फबाट भने कुनै आधिकारिक जानकारी आएको छैन । नेहाको सामाजिक सञ्जाल इन्स्टाग्राम हेर्दा पनि थाहा हुन्छ कि उनी अहिले श्रीमान्सँग रमाइरहेकी छन् । इन्डियन आइडल सिजन १२ को फिनाले आउँदो अगस्ट १५ मा हुँदै छ ।

यिनिहरू पढ्न छुटे की ?