होम » सुर्खेतको भाइरल खेत

सुर्खेतको भाइरल खेत

by नागरिक टुडे

सुर्खेतको वीरेन्द्रनगरमा अहिले एउटा सडक भाइरल बनेको छ। सडकमा दैनिक मानिसको भिड हुन्छ। यो सकडमा आवतजावत गर्ने सवारी साधन भनेको त्यहाँ घुमफिरका लागि पुग्नेहरूका मात्र भेटिन्छन्। अन्य अत्यावश्यक सवारी साधन यो बाटोमा चल्दैनन्।
वीरेन्द्रनगर-१० स्थित काँक्रेबिहारको पूर्वी छेउदेखि चौखेढुंगासम्म जोड्ने करिब दुई किलोमिटर सडक पिच भएको धेरै भएको छैन। यातायातमा सहजताका लागि बाटोलाई पिच गरिए पनि पर्यटकीयस्थल बनेको छ।करिब दुई किलोमिटर सडक अत्यावश्यक सवारी साधन चल्नका लागि छोटो बनोस् भनेर खेतको बीचमा भएको सडक कालोपत्र गरिएको हो, मानिसहरूको पर्यटकीय गन्तव्य पो बन्यो त,’ वडा नम्बर १० का अध्यक्ष रत्नबहादुर बुढाले भने, ‘यो सडक बनेदेखि दिनहुँ मानिस आएर तस्बिर खिचाउने, नाच्ने गर्छन्। अलिकति दुर्घटना होला भन्ने पनि डर छ।’

यो सडक खेतको बीचमा बनेको छ। खेतमा हुर्किँदै गरेको धानबाली र दुबै छेउमा जंगलको हरियालीका कारण यो सडक आकर्षक देखिने गरेको छ। बेलुकाको समयमा अझ आकर्षक देखिन्छ।त्यहाँ पुगेका मानिसहरूले सडकमा खिचिएका तस्बिर, भिडिओहरू सामाजिक सञ्जालमा राख्न थालेपछि त्यहाँ पुग्ने मानिसको भिड लाग्न थालेको हो।

यिनिहरू पढ्न छुटे की ?