होम » युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक रू. १७ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री

युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक रू. १७ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री

by नागरिक टुडे

साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।कारोबारमा आएका २०९ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. १७ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

उक्त कम्पनीको शेयरमूल्य रू. ५०३ दशमलव १० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९० प्रतिशत वृद्धि भएको हो । विक्रेताभन्दा क्रेता धेरै भएकाले कम्पनीको शेयरमूल्य बढेको हो ।

यिनिहरू पढ्न छुटे की ?