होम » मेलम्चीका बाढीपीडित सव–डिलरहरुलाई डिशहोमले गर्‍यो सहयोग

मेलम्चीका बाढीपीडित सव–डिलरहरुलाई डिशहोमले गर्‍यो सहयोग

by नागरिक टुडे

डिशहोमले मेलम्चीमा बाढीका कारण अति प्रभावित बनेका ५ जना सव–डिलरहरुलाई १/१ लाख रुपैया आर्थिक सहयोग गरेको छ  । आफ्ना ग्राहकहरु लाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले उनीहरूलाई सहयोग गरेको डिशहोमले जनाएको छ ।

शहोमका रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका छन् । बाढीबाट अति प्रभावित सव–डिलर झलकबहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको डिशहोमले जनाएको छ ।

यिनिहरू पढ्न छुटे की ?