होम » मुलुकभर ३८४० जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

मुलुकभर ३८४० जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

by नागरिक टुडे

लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयका अनुसार ३३ जना संक्रमितको मृत्यु भएको छ ।

यिनिहरू पढ्न छुटे की ?