होम » नेपालमा कोरोनाको नयाँ प्रकार (कप्पा) भेरिअन्ट भेटिएको मन्त्रालयको स्पष्टोक्ति

नेपालमा कोरोनाको नयाँ प्रकार (कप्पा) भेरिअन्ट भेटिएको मन्त्रालयको स्पष्टोक्ति

by नागरिक टुडे

नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा कप्पा भेरिअन्ट (B.1.617.1) पुष्टि भएको बताएका हुन् ।

उनका अनुसार ४७ वटा नमुना भारतको नयाँ दिल्लीमा गरिएको परीक्षणबाट सबै नमुनाहरूमा डेल्टा भेरिअन्ट (B.1.617.2) पुष्टि भएको छ जसमध्ये ३ वटामा थप उत्परिवर्तन K417N mutation भेटिएको छ जसलाई A.Y1 नाम पनि दिइएको छ ।

ती नमूनाहरू २०७८ जेष्ठ मध्य देखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरू हुन् । संकलित नमूनामध्येबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरू भारत पठाइएको थियो ।

यी सहित हालसम्म नेपालमा भेरिअन्ट अफ कन्सर्नका रूपमा अल्फा (B.1.1.7) र डेल्टा भेरिअन्ट (B.1.617.2) तथा भेरिअन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरिअन्ट (B.1.617.1) पुष्टि भएको छ । यी भेरिअन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययन वाट पाइएको छ ।

त्यसैले सङ्क्रमणको जोखिम बढी रहेको अवस्थामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यिनिहरू पढ्न छुटे की ?