होम » डेल्टा भेरिअन्ट झनै खतरनाक, खोप लगाएकाहरुलाई पनि अनिवार्य मास्क लगाउन आग्रह

डेल्टा भेरिअन्ट झनै खतरनाक, खोप लगाएकाहरुलाई पनि अनिवार्य मास्क लगाउन आग्रह

by नागरिक टुडे

विश्वभर कोरोना भाइरसको सबैभन्दा बढी फैलिने र फैलिरहेकाे भेरिअन्ट डेल्टा भेरिअन्ट भएकाे छ । नेपालमा समेत हिजो अर्थात साउन १२ गते स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४७ जटा नमुनाको जीन सिक्वैन्सिंग गर्दा सबैमा डेल्टा भेरिअन्ट नै देखिएकाे थियो । डेल्टा भेरिअन्ट संक्रामकताका हिसाबले अन्य भेरिअन्ट भन्दा बढी खतरनाक अथवा बढी संक्रामक भएको अध्ययनहरुले देखाएको छ ।

यसबीच अब, डेल्टा भेरिअन्टको संक्रमण निकै नै बढी भइरहेको हुँदा पूर्ण रुपमा खोप लगाएकाहरुलाई समेत अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरिएको छ । अमेरिकी केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले कोरोना भाइरसको संकमण बढी भएका ठाउँहरुमा पूर्ण खोप लगाएकाहरुले समेत अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिएको हो । अमेरिकामा अहिले कुल संक्रमणकाे ८० प्रतिशत भन्दा बढी डेल्टा भेरिअन्टको संक्रमण रहेको छ । यसबीच सीडीसीले पूर्णरुपमा खोप लगाएकाहरुलाई समेत मास्क लगाउन आग्रह गरेको हो ।

नेपालको सन्दर्भमा समेत डेल्टा भेरिअन्ट नै प्रमुख भएर फैलिरहेको अवस्था छ । अमेरिकाको तुलनामा नेपालमा खोप लगाएको जनसंख्या समेत थोरै छ । यसो हुँदा नेपालमा समेत खोप लगाएकाहरुले पनि मास्क अनिवार्यरुपमा लगाउन पर्ने देखिएको छ । अमेरिकामा फेरि संक्रमण बढेको छ । औषतमा विश्वभरका ९ संक्रमितमध्ये १ संक्रमित अमेरिकामा फेला परिरहेको छ । यस्तोमा पूर्ण खोप लगाएकाहरुलाई पनि स्कुल, सार्वजनिक स्थानजस्ता ठाउँमा मास्क अनिवार्य लगाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको हो ।

यिनिहरू पढ्न छुटे की ?