होम » जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबार सुरू

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबार सुरू

by नागरिक टुडे

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि सिम्बोल पाएको छ । अब भोलिबाट कारोबार सुरू हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए ।

गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका थिए ।

यिनिहरू पढ्न छुटे की ?