होम » इजरायलमा रोजगारीका लागि आवेदन खुल्यो

इजरायलमा रोजगारीका लागि आवेदन खुल्यो

by नागरिक टुडे

लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । वैदेशिक रोजगारका लागि जानेहरुका लागि इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ ।

वैदेखिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै कयेरगिभरका लागि आवदेश खुलेको जानकारी गराएको हो । इच्छुकहरुले २१ दिनभित्र विभागको वेभसाइटमा अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।

विभागको सूचनाअनुसार इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाँदै छ जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुनु पर्ने छ । मन्त्रिपरिषद्को बैठकले इजरायलमा नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिकालाई पारित गरेपछि विभागले कामदार पठाउने प्रक्रिया सुरु गरेको हो ।
इजरायल जाने कामदारले न्यूनतम १ हजार ६सय डलर झण्डै एक लाख ९० हजार रुपैँया तलब पाउनेछन् । हप्तामा ६ दिन काम गर्नू पर्ने छ । खाने खर्च कामदार आफैले व्यवस्था गर्नुपर्नेछ भने बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने सूचनामा उल्लेख गरिएको छ ।

आवेदनको मापदण्ड

रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेमा उनीहरूको उचाइ कम्तीमा एक दशमल पाँच मिटर र ४५ किलो तौल भएको र कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी तालिम लिएको वा १० जोड दुई सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिना तालीम लिएको हुनुपर्ने जनाइएको छ । अंग्रेजी भाषामा दक्ष हुन आवश्यक छ भने शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र आवश्यक रहेको छ ।
आवेदन दिनेहरु विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।

यिनिहरू पढ्न छुटे की ?