होम » सञ्जय दत्तका कारण ‘केजीएफ २’ को रिलिज अन्योल

सञ्जय दत्तका कारण ‘केजीएफ २’ को रिलिज अन्योल

by नागरिक टुडे

साउथको सुपरहिट फिल्म ‘केजीएफ’ को सिक्वेलको प्रतिक्षा कसले नगरेको होला र ? पहिलो पार्टको सफलतापछि दर्शक लामो समयदेखि ‘केजीएफ २’ को प्रतिक्षामा छन् । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । निर्माण टिमले फिल्मका सबै कलाकारको डबिङ सकेर रिलिज डेट घोषणा गर्ने तयारी गरेको भए पनि अभिनेता सञ्जय दत्तका कारण निकै समस्या भएको छ ।

‘केजीएफ २’ सञ्जय दत्तको करिअरको सबैभन्दा ठूलो फिल्म हो, जुन ५ अलग-अलग भाषामा निर्माण भएको छ । तर, अहिलेसम्म उनले फिल्मको डबिङ सुरु गरेका छैनन् । उनले डबिङ पूरा नगरेसम्म फिल्मको रिलिज डेट घोषणा गर्ने पक्षमा निर्माण कम्पनी छैन । फिल्ममा उनले खलनायक अधीराको भूमिका निभाएका छन् । पर्दामा दर्शकले सञ्जय र यशबीचको भिडन्त हेर्न पाउनेछन् ।

यो पीरियड ड्रामा ७० को दशकमा आधारित छ । प्रशान्त नील निर्देशित ‘केजीएफ २’ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिँदैछिन् । अघिल्लो पार्टमा पनि उनको अभिनय थियो । ठूलो बजेटमा निर्माण भएको यस फिल्ममा अभिनेत्री रवीना टण्डनको पनि मुख्य भूमिका छ ।

यिनिहरू पढ्न छुटे की ?