होम » नबिल डिजि बैंकको नयाँ उपलब्धि, व्यवसायिक कर्जाको अनलाइनबाटै दिन सकिने

नबिल डिजि बैंकको नयाँ उपलब्धि, व्यवसायिक कर्जाको अनलाइनबाटै दिन सकिने

by नागरिक टुडे

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।  बैंकले साना तथा मझौला कर्जा लिन चाहाने आफ्ना ग्राहकहरूका लागि सो व्यवस्था शरू गरेको हो । बैंकका अनुसार इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन्ँ् ।

यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् । बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’अनुरूप रहेको छ ।

बैंकले आफ्नो देशभर १३५ वटा शाखा कार्यालयहरू, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत सेवा सुविधा प्रवाह गरिरहेको छ ।

यिनिहरू पढ्न छुटे की ?