होम » शेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढ्दो, सामान्य व्यक्तिदेखि विधार्थीसम्म लगानी गर्न अग्रसर

शेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढ्दो, सामान्य व्यक्तिदेखि विधार्थीसम्म लगानी गर्न अग्रसर

by नागरिक टुडे

पछिल्लो समय शेयरमा बजारमा नयाँ लगानीकर्ताको ओइरो नै लागेको छ । पहिले पहिले ठुला ठुला व्यवसायिहरूले मात्र शेयर सम्बन्धी जानकारी र शेयर बजारमा चासो देखाउने गरेका थिए । तर अहिले सामान्य व्यक्तिहरूमा पनि शेयर कारोबारको चासो बढ्न थालेको छ ।

पछिल्लो समय शेयर बजारमा विद्यार्थीहरूको चासो बढ्दो रहेको पाइएको छ । एक पछि अर्का साधारण शेयर आइपिओ निष्कासनले गर्दा पनि सामान्य व्यक्तिको चासो यसमा बढ्न थालेको हो । आइपिओ लगानी अर्थात १ हजारमा नै कम्पनीमा आफ्नो हिस्सा रहने भएकाले यसको आकर्षण बढ्दो अवस्थामा रहेको छ । अहिले शेयर बजारमा सामान्य व्यक्ति र विद्यार्थीहरूको आकर्षण कसरी बढि रहेको छ भने बारे बुझन केही व्यक्तिसँग कुराकानि गरेका छौं ।

यसै विषयमा काठमाडौं, चन्द्रागिरी नगरपालिका संतुगलमा बस्दै आएका डम्मर बहादुर अधिकारसंग कुरा गर्दा, पहिले पहिले आफु यत्रतत्र शेयर बजारको बारेमा सुन्दै आए पनि उनले यसमा लगानी गर्न लागेको ८/१० महिना मात्र भएको बताए ।

मुख्यतः शेयर बजार, डिम्याट खाता र मेरो शेयर जस्ता शेयर सम्बन्धी जानकारी कसरी प्राप्त गर्नुभयो भनि हामिले उनी सँग जानकारी लिन कोसिस गरेका थिर्यौ । पछिल्लो २ वर्षदेखि आफु बेरोजगार भई बस्न बाध्य रहेको कुरा उनले बताए । गत वर्षको चैत ११ गते कोरोनाका कारण देशव्यापी लकडाउन भएसँगै आन्तरिक र अन्तराष्ट्रिय उडान बन्द हुदाँ वैदेशिक रोजगारीका लागि विदेश जाने बाटो बन्द भएको उनले दुखेसो पोखे ।

उनले कतारको एक कम्पनीमा पछिल्लो ७/८ वर्ष देखि काम गर्दै आइरहेका थिए । नेपालमा रोजगारको राम्रो वातारण नहुँदा म जस्ता कयौँ युवा बेरोजगार भई बस्न बाध्य रहेकोसमेत गुनासो गरे । यसैबीच आफूले साथीहरू र सामाजिक सञ्जाल (युट्युब, टिकटक, विभिन्न समाचारका माध्यम) बाट शेयरसम्बन्धी जानकारी प्राप्त गरेको र एकचोटी बुझी हेर्दा शेयरमा लगानी गर्न ठिकै होला जस्तो लागेर डिम्याट खाता खोली आईपीओ भर्न लागेको बताए ।

पहिलो पटक आफूले निफ्रामा लगानी गर्दा पहिलो पटक नै आईपीओ परेपछि यसमा झन आकर्षण बढ्दै गएको कुरा पनि उनले सुनाए । हालसम्म उनले ८/१० कम्पनी लगानी गरेको र ४ वटा कम्पनीमा आईपीओ परेको बताए । अधिकारीका अनुसार, काम नभएर फोगोट्टै घरमा बस्नु भन्दा १ हजार लगानी गरे फाइदा हुने र परिवारको खर्च जुटाउनमा पनि सहयोग मिल्ने बताए ।

अधिकारीको परिवारमा एक छोरा, एक छोरी, श्रीमती र अधिकारी गरी चार जना सदस्य रहेका छन् । उनले भने, ‘नयाँ कम्पनीको आईपीओ आउना साथ आवेदन दिदै आएका छौँ । परिवारका तीन जना सदस्य मध्ये एक जनालाई आईपीओ प¥यो भने मात्र पनि राम्रै हुने यदि नपर्दा पनि त्यस्तो खासै गुनासो हुँदै । हामी जस्तो मध्यम आयस्तर भएका व्यक्तिलाई आईपीओ लगानीले चाँही धेरै नै राहत मिलेको छ ।’

यस्तै, उनले नहुनु भन्दा कानो मामा हुनु बेस भन्ने उखानलाई प्रस्टाउँदै १ हजारमा कम्पनीको १० कित्ता खरिद गर्दा यदि आईपीओ परिहाल्यो भने आयस्रोत नभएर बेरोजगार भई बसिरहनु परेको अवस्थामा आर्थिक स्थित निकै नै सहज हुने बताए ।

त्यस्तै काठमाडौं, कागेश्वरी मनहरामा बस्दै आएका तेजिन्द्र खत्रीले पनि शेयरसम्बन्धी जानकारी प्राप्त गरेको ५/६ महिना मात्र भएको बताए । हालसम्म ६/७ वटा कम्पनीमा आइपिओ भरेको र एक मात्र कम्पनीमा आइपिओ परेको बताएका छन् ।

आफुलाई शेयर बजार सम्बन्धी पहिले नै जानकारी नहुदाँ निफ्रा र चन्द्रागिरी जस्ता आस लाग्दाँ कम्पनीमा लगानी गर्न नपाएकोले राम्रो अवसर गुमाएको उनले बताए । साथै आफू शेयर बजार प्रति सकरात्मक रहेको पनि बताए ।

खत्रीले भने, ‘सामान्यतया कामको शिलशिलमा म देश विदेश आवातजावत गरि राख्नु पर्छ । घण्टौै लाइनमा बसेर शेयर सम्बन्धी जानकारी लिने र यसमा लगानी गर्न अलि समय रहँदैन तर पछिल्लो समय प्रविधिको विकासले गर्दा निकै नै सहज भएको छ । घरमै बसि कुन कम्पनीमा लगानी गर्दा राम्रोरनराम्रो हुन्छ भनी जनकारी लिन सकिन्छ र लगानी गर्न पनि बैंक धाईरहनु नपर्ने हुदाँ अन्य देशमा रहँदा पनि शेयरमा लगानी गर्न सहज भएको छ ।’

उनले थपे, ‘बजारमा आम मानिसहरुको चासो बढ्नु स्वाभिक हो । किनभने, सामान्य आय स्रोत भएको व्यक्ति वा भनु एक कलेज पढ्दै गरेको विद्यिर्थीले पनि लगानी गर्ने सक्छन् र आईपीओ नपरेमा पनि घाटा हुने स्थित हुँदैन ।’

यस्तै, स्नाकोत्तरमा अध्यन गर्दै गरेका आइतराज लिम्बुले शेयर बजारमा लगानी गर्न थालेको २ वर्ष भएको बताएका छन् । उनले यससम्बन्धी के-कसरी लगानी गर्ने, कम्पनीको विश्लेषण कसरी गरि लगानी गर्ने जस्ता सम्पूर्ण कुरा सामाजिक सञ्जाल युट्युबबाट प्राप्त गरेको बताए । उनले भने, ‘सुरुमा शेयर सम्बन्धी जानकारी थिएन् र अहिले जस्तो छिट्टो छिट्टो भिन्न भिन्न कम्पनीको आईपीओ निष्कासन हुर्दैन थियो । उनले थपे, शेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु जस्तै हो भन्ने ठान्थे भने पछिल्लो समय यो विचार अलि परिवर्तन भएको छ ।’

सुरु सुरुमा आफूले शेयरमा लगानी गर्दा के कसरी गर्ने भन्ने कुरा राम्रोसंग थाहा नहुदाँ अलि असहज र कतै लगानी डुब्ने हो कि भन्ने डर रहेको बताए । अहिले पनि दोस्रो बजारमा लगानी गर्दो सजकता उत्तिकै अपनाउनु पर्ने बताए ।

तर, आईपीओमा भने लगानी डुब्ने चिन्ता नहुने बताउदै पछिल्लो समय भने निफ्राले गर्दा नै शेयर बजारमा आकर्षक बढेको कुरा समेत जिकिर गरे । २ वर्षसम्म लगभग शेयरमा भिजिसकेका लिम्बुलाई नयाँ विद्यार्थी लगार्नीकर्ताहरुलाई पनि बचेको समयमा विभिन्न माध्यमाब यस बारे जानकारी लिन अनुरोध गरेका छन् ।
उनले भने, ‘यसमा राम्रोसंग बुझ्न र बुझेर लगानी गर्यो भने राम्रै फाइदा हुन्छ । फुर्सदको समयमा युट्युबबाट शेयर सम्बन्धी जानकारी लिए ज्ञान प्राप्त हुन्छ । विषेश गरि व्यावस्थापनका विधार्थीलाई पढाईमा पनि सहयोग पुग्छ ।’

साभार : आजकोअर्थ

यिनिहरू पढ्न छुटे की ?