होम » जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको आईपिओ नेप्सेमा सुचिकृत हुदै, कहिले ?

जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको आईपिओ नेप्सेमा सुचिकृत हुदै, कहिले ?

by नागरिक टुडे

जीवन विकास लघुवित्त कम्पनी र मनकामना स्मार्ट लघुवित्तको आईपिओ बाँडफाँट पछि दास्रो बजार कारोबारका लागि हाल सम्म पनि नेपाल स्टक एक्सचेन्ज नेप्से मा सुचिकृत भएको छैन । दुबै संस्थाको आईपिओ निष्काशन र सेयर रजिष्टरको जिम्मेवारी पाएको एनएमबि क्यापिटलले जिवन विकास लघुवित्तको सेयर यसै साता भित्रमा नेप्सेमा सुचिकृत गर्ने गरी तयारी गरिरहेको जनाएको छ । साथै मनाकामना स्मार्ट लघुवित्तको पनि सकेसम्ममा यसै साता भित्रमा र नसकिएमा अर्को सातासम्ममा नेप्सेमा सुचिकृत हुने जनाएको छ ।

जीनव विकास लघुवित्तले असार ११ गते शुक्रबारबाट असार १५ गते, मंगलबारसम्म साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

संस्थाको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।

त्यस्तै, मनाकामना स्मार्ट लघुवित्तले असार १७ गते बिहीबारदेखि असार २१ गते सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

उक्त साधारण सेयर (आईपीओ)को बाँडफाँड असार २८, सोमबार निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका थिए । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी १९ लाख १५ हजार एक सय ७२ आवेदकको भने हात खाली भएको थियो ।

यिनिहरू पढ्न छुटे की ?