होम » संसदीय समिति बैठकमा माधवकुमार नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा

संसदीय समिति बैठकमा माधवकुमार नेपाल सहभागी, सांसदहरूले गरे प्रशंसा

by नागरिक टुडे

नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल संसदीय समितिको बैठकमा सहभागी भएका छन् । आइतबार संसद सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल सहभागी भएका हुन् । समितिको बैठकमा संसद जोगाउन नेता नेपालले खेलेको भूमिकाप्रति सांसदहरूले सम्मान ब्यक्त गरेका छन् । दोश्रो पटक संसद पुनःस्थापना भएपछि नेता नेपाल समितिको पहिलो बैठकमा सहभागी भएका हुन् ।

बैठकमा सांसद विपिन राजभण्डारीले संसद पुनःस्थापनामा नेता नेपाल सहित २२ सांसदले महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले संसदको बाँकी समय विधि प्रक्रिया अनुसार अघि बढाउन आग्रह गरे । सांसद प्रकाशमान सिंहले समितिको बैठकले यसअघि गरेको निर्णय कार्यान्वयन भएको छ कि छैन हेर्न आग्रह गरे । साथै संसदको बाँकी समय संविधान नियम अनुसार अघि बढाउन आग्रह गरे ।

यिनिहरू पढ्न छुटे की ?