होम » पुनः सुरु हुने भयो मुन्द्रेको कमेडी क्लब

पुनः सुरु हुने भयो मुन्द्रेको कमेडी क्लब

by नागरिक टुडे

कोरोनाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सुरु हुने भएको छ । सोमबारबाट नयाँ भाग प्रसारण गर्ने तयारीमा रहेको कार्यक्रमका निर्देशक तथा कलाकार जितु नेपालले जानकारी दिए ।

‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भाग छायांकन अघिल्लै साताबाट सुरु गरिएको थियो । निषेधाज्ञाका कारण नयाँ भाग छायांकन हुन नपाएपछि ‘ मुन्द्रेको कमेडी क्लब’को पुरानै भाग प्रसारण हुँदै आएका थिए । नयाँ भाग प्रसारण गर्न पनि अझैं कठिनाई रहेको नेपालले बताए । धेरै कुरा आफूले चाहेर पनि गर्न नसक्ने बाध्यता रहेको उनको भनाइ छ ।

यिनिहरू पढ्न छुटे की ?