होम » नबिल बैंक लिमिटेडले आजदेखि ७ वर्ष अवधिको ऋणपत्र जारी गर्दै

नबिल बैंक लिमिटेडले आजदेखि ७ वर्ष अवधिको ऋणपत्र जारी गर्दै

by नागरिक टुडे

नबिल बैंक लिमिटेडले आजदेखि ७ वर्ष अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले जारी गर्ने ‘८ प्रतिशत ब्याजदरमा नबिल डिबेञ्चर २०८५’ नामको ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रि गर्ने जनाएको छ । सर्वसाधारणलाई छुट्टाएको मध्ये ६० हजार कित्ता सामुहिक लगानीकोषको लागि छट्टाएको छ ।
ऋणपत्र खरिदको लागि न्युनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्मका लागि छिटोमा साउन १३ गतेसम्म र ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने छ ।

यिनिहरू पढ्न छुटे की ?