होम » टोकियो ओलम्पिक : स्केटबोर्डिङमा जापानलाई ऐतिहासिक स्वर्ण

टोकियो ओलम्पिक : स्केटबोर्डिङमा जापानलाई ऐतिहासिक स्वर्ण

by नागरिक टुडे

पहिलो पटक ओलम्पिकमा सहभागी भएको खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ । टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जिते ।अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कूल ३७.१८ स्कोरसहित स्वर्ण जिते । ब्राजिलका होएफलर केलभिनले रजत तथा अमेरिकाका एयटन जागरले कास्य जिते ।

स्केट बोर्डिङमा स्वर्ण जितेपछि जापानले चीनसमान ३ स्वर्ण जितेको छ । ३ स्वर्ण र १ कास्यसहित जापान शीर्ष स्थानमा उक्लेको छ । चीनले ३ स्वर्ण र २ कास्य जितेको छ ।

यिनिहरू पढ्न छुटे की ?