होम » किसान लघुवित्त एफपीओ अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड, १२५ रुपैयाँ भाउ

किसान लघुवित्त एफपीओ अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड, १२५ रुपैयाँ भाउ

by नागरिक टुडे

किसान लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो । किसानले एफपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस एफपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबी” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ ।

यिनिहरू पढ्न छुटे की ?