होम » सलोन बस्नेतको निर्माणमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण

सलोन बस्नेतको निर्माणमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण

by नागरिक टुडे

सलोन सलिन फिल्मस्को ब्यानरमा बी एम एच डी टेलिभिजनको प्रस्तुति रहने गरी नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । यो सिरिजको कार्यकारी निर्मातामा नायक सलोन बस्नेत रहेका छन् । सुरेश न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, मनिषा ओझा, श्रृष्टी तिमिल्सिना, सन्तोष गिरी, ओजस्वी थापा लगायतका कलाकारको अभिनय छ ।

सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, शिशिर खातीको कोरियोग्राफी र समिर मियाँको भीएफएक्स रहेको छ ।

यिनिहरू पढ्न छुटे की ?