होम » लामो दूरीका गाडी चलाउन दिने काठमाडौं प्रशासनको निर्णय

लामो दूरीका गाडी चलाउन दिने काठमाडौं प्रशासनको निर्णय

by नागरिक टुडे

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ। आजैबाट लामो तथा मध्यम दूरीका गाडी चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले जनाएकी छिन्। जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरी लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको जनाएको छ। गाडी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गरेको छ।

कोभिड–१९ का लागि १६ वैशाखमा लागू गरिएको निषेधाज्ञासँगै यातायात पनि बन्द रहेको थियो। तीन सातादेखि काठमाडौं उपत्यकामा यातायात सञ्चालन हुन थालेको भए पनि बाहिर जिल्लाबाट आउन रोक लगाइएको थियो। आजदेखि भने देशभरिबाट लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन काठमाडौं आवतजावत गर्न पाउने भएका हुन्। यससँगै प्रशासन कार्यालयले टिकट काटेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ। सार्वजनिक यातायातका टिकट पनि काउन्टरबाटै काट्न सुनाएको छ।

 

यिनिहरू पढ्न छुटे की ?