होम » भारतका क्याप्टेन बन्दै अभिनेता कार्तिक आर्यन

भारतका क्याप्टेन बन्दै अभिनेता कार्तिक आर्यन

by नागरिक टुडे

वेब सिरिज ‘स्क्याम १९९२ः द हर्सद मेहता स्टोरी’का निर्देशक हंसल मेहता नयाँ फिल्म ‘क्याप्टेन इन्डिया’को तयारीमा छन्। इतिहासको सबैभन्दा सफल उद्धार अपरेसनमा आधारित यो फिल्म रोनी स्क्रूवाला र हरमन बावेजाको निर्माणमा बन्न लागेको छ। फिल्मको मूख्य भूमिका भने अभिनेता कार्तिक आर्यनले खेल्ने भएका छन्। उनले फिल्ममा एक बहादुर र साहसी पाइलटको भूमिका खेल्ने बलिउड हंगामाले लेखेको छ। ‘क्याप्टेन इन्डिया’ को कथा युद्धग्रस्त देशबाट आएको भारतको सबैभन्दा ठूलो र सफल उद्धार मिसनमा आधारित छ।

‘क्याप्टेन इन्डिया’ प्रेरणादायक र रोमाञ्चक छ र भारतको यस्तो ऐतिहासिक अध्यायको हिस्सा हुन पाउँदा मलाई गर्व महसुस भएको छ,’ कार्तिकले बनेका छन्, ‘म हंसल मेहता सरको कामलाई सधैं सम्मान गर्छु र उनीसँग यो फिल्ममा काम गर्न पाउनु मेरा लागि ठूलो अवसर हो।’ निर्देशक हंसल मेहताका अनुसार ‘क्याप्टेन इन्डिया’ सत्य घटनामा आधारित फिल्म हो। फिल्मबाट दर्शकले सो घटना फेरि एक पटक हेर्न पाउनेछन्, जसमा एक व्यक्तिले आफ्नो कष्ट र पीडा पार गरेर हजारौंको ज्यान बचाएको कथा पनि छ। बावेजा र आरएसभीपीको ब्यानरमा बन्न लागेको ‘क्याप्टेन इन्डिया’ अर्को वर्ष रिलिज हुने बलिउड हंगमाले जनाएको छ।

यिनिहरू पढ्न छुटे की ?