होम » प्रेम चर्चाले वर्षा र राजलाई फाइदा !

प्रेम चर्चाले वर्षा र राजलाई फाइदा !

by नागरिक टुडे

कलाकारको अफेयरका समाचारले फिल्म क्षेत्र हमेशा तात्ने गरेको छ । यस्ता खबरले दर्शकलाई उत्साहित बनाउँछन् भने मिडियाका लागि राम्रो मसला बन्छ । केही महिनायता अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम चर्चा मिडियाका लागि ‘हटकेक’ बनेको छ । ६,७ महिनायता उनीहरु एकअर्कासँँग निकै नजिक छन् । यद्यपि, दुवैले प्रेम स्वीकार गरेका छैनन् ।

प्रेम टुट्दा वा जोडिदा कलाकारको फ्यान फलोइङ घट्ने र काम पाउन छाड्ने आम बुझाइ छ । त्यसैले पनि कलाकारहरु आफ्नो प्रेमलाई लुकाउन खोज्छन् । कतिलाई भने प्रेम चर्चाले फाइदा पनि गरेको छ । प्रेममा रहेको जोडीलाई लिएर फिल्म र म्यूजिक भिडियो बनाउँदा मिडियाले हाइप बनाइदिने लोभ निर्मातामा छ । जसले गर्दा प्रेममा रहेका कलाकारलाई कामको कमी हुँँदैन ।

वर्षा र राजलाई पनि फिल्म क्षेत्रमा प्रेमको चर्चा चल्दा फाइदा हुन थालेको छ । अहिले यो जोडीलाई लिएर म्यूजिक भिडियो बनाउन चाहने निर्माताहरु बढेका छन् । यसैक्रममा, उनीहरुले पहिलो पटक एक म्यूजिक भिडियोमा काम गरेका छन् । बिहीवार नगरकोटमा खिचिएको गायक नविन के. भट्टराईको स्वरमा रहेको ‘सम्झिरहन्छु’ गीतमा वर्षा र राज प्रेम जोडीको रुपमा प्रस्तुत छन् ।

यिनिहरू पढ्न छुटे की ?