होम » ‘पर्खी बसेँ २’ मा पल र मलिकाको जोडी !

‘पर्खी बसेँ २’ मा पल र मलिकाको जोडी !

by नागरिक टुडे

म्यूजिक भिडियोको दुनियाँमा यतिबेला सर्वाधिक माग भएको जोडी हो, पल शाह र मलिका महत । ‘फूलबुट्टे सारी र टाढा भएपनि’ गीतको सफलतापछि उनीहरुलाई लिएर म्यूजिक भिडियो बनाउन निर्माताहरुबीच हानाथाप चलिरहेको छ । तर, म्यूजिक भिडियो निर्माण कम्पनी केन्द्र मोशन पिक्चरले उनीहरुसँँग ६ महिना अरु म्यूजिक भिडियोमा काम गर्न नपाउने गरी सम्झौता गरेको छ ।

फिल्ममा पनि पल र मलिकाको जोडी बाँध्ने तयारीमा केन्द्र मोशन पिक्चर छ । जसको स्क्रिप्ट कलाकार माओत्से गुरुङले लेखिरहेका छन् भने निर्देशन पनि उनैले गर्नेछन् । म्यूजिक भिडियोमा जोडी हिट भएपछि फिल्ममा पल र मलिकामाथि लगानी गर्न अरु प्रोडक्सन हाउस पनि इच्छुक देखिएका छन् । त्यसमध्ये एक हो, गोपीकृष्ण मुभिज । जसले फिल्म ‘पर्खी बसेँ २’ को अफर उनीहरुलाई गरेको छ ।

निर्मात्री निकिता पौडेलले पल र मलिकासँग मौखिक सहमति भइसकेको बताइन् । उनले भनिन्, ‘उहाँहरु दुवैसँँग मैले विभिन्न चरणमा कुराकानी गरेको थिएँ । उहाँहरुलाई फिल्मको स्क्रिप्ट र आफ्नो भूमिका मन परेको छ । केही दिनमै कागजी सम्झौता गर्ने तयारीमा छौं ।’ स्थिति सामान्य भएपछि छायांकन सुरु गरिने उनको भनाई छ । फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् ।

यिनिहरू पढ्न छुटे की ?